बेथानचोकले पालिकावासीसँग माग्यो सुझाव
गाउँपालिकाले आव २०८०/८१ का लागि नीति तथा कार्यक्रमसहित बजेट तर्जुमा गर्नुपर्ने भएकाले २०८० जेठ मसान्त सम्म योजना कार्यक्रमसम्बन्धी लिखित सुझाव उपलब्ध गराइदिन आग्रह गरेको हो।
काभ्रपलाञ्चाेक, जेठ १८ : बेथानचोक गाउँपालिकाले गाउँसभाको तयारी गर्ने क्रममा पालिकावासीसँग सुझाव मागेको छ। एक सूचनामार्फत गाउँपालिकाले योजना कार्यक्रमसम्बधी लिखित सुझाव माग गरेको हो।
गाउँपालिकाले आव २०८०/८१ का लागि नीति तथा कार्यक्रमसहित बजेट तर्जुमा गर्नुपर्ने भएकाले २०८० जेठ मसान्त सम्म योजना कार्यक्रमसम्बन्धी लिखित सुझाव उपलब्ध गराइदिन आग्रह गरेको हो।
गाउँपालिकाभित्र कहाँ के कस्ता विकास निर्माणका कामहरु आवश्यक छन भन्ने कुरा स्थानीयस्तरबाटै सुझाव आउने र प्राथमिकताका आधारमा यस्ता सुझावको कार्यान्वयन गर्दै जाने गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।
‘आफ्नो गाउँबस्तीमा हाल नभइ नहुने र गर्नै पर्ने योजनाहरु सुझावका रुपमा पठाई दिन म पालिका बासीलाई आग्रह गर्दछु,’ अध्यक्ष अधिकारीले आग्रह गरे।
गाउँपालिकाले लिखित सुझाव माग गरेको छ। साथै bethanchowkmun@gmali.com मा पनि सुझाव पठाउन सकिने बताइएको छ ।