Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ताको तयारी 

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ताको तयारी गरेका हुन्। रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको जनाइएको छ। 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ताको तयारी 

काठमाडौं, जेठ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक रहेको दाबीसहित रिट दर्ताको तयारी गरिएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दर्ताको तयारी गरेका हुन्। रिट सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको जनाइएको छ। 

नागरिकता प्रमाणिकरण संविधानविपरीत रहेको जिकिरसहित त्यसलाई तत्काल रोक्न अन्तरिम आदेशको माग रिटमा छ।

पुरानो राष्ट्रपतिले रोकेको विधेयक संसदमा छलफलविनै नयाँ राष्ट्रपतिले जारी गर्न नमिल्ने दाबी वरिष्ठ अधिवक्ताद्वयको छ। 

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्