Kathmandu Press

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । 
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १८ : चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । 

प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिए । हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ । वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ । 

प्रकाशित मिति: ०८:४७ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्