भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल
उनी हालै खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका थिए।
काठमाडौं, जेठ १७ : भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन्।
उनी हालै खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका थिए। जेठमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवा भएपछि विभाग नेतृत्वविहीन थियो।
पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरिसकेका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन्।
प्रकाशित मिति: १४:५६ बजे, बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)