उखु किसानको समस्या समाधान गर्न समिति
सरकारले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो।
काठमाडौं, जेठ १७ : सरकारले उखु किसानको समस्या समाधान गर्न समिति बनाएकाे छ।
सरकारले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने जनाइएकाे छ।
उखुको भुक्तानी नपाएको भन्दै कपिलवस्तु र कञ्चनपुरका किसान दुई सातायता काठमाडौंमा आन्दोलनरत थिए।
सरकारले वार्ता सिमित बनाएसँगै उखु किसानहरको आन्दोलन रोकिने भएक छ। सरकारबाट माग पूरा हुने गरि वार्ता भई समस्याको समाधान हुने देखिएकाले हाललाई आन्दोलन,धर्नालगायतका कार्यक्रम स्थगित गरिएको उखु किसान संघर्ष समिति कपिलवस्तु तथा कञ्चनका संयोजक अनुप चौधरीले बताएका छन्।
प्रकाशित मिति: १४:३२ बजे, बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)