Kathmandu Press

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु
Hardik ivf

काठमाडाैं, जेठ १७ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका २ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी ११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिए। 

मंगलबार राति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको प्रनाउ यादवले बताए।  

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्