Kathmandu Press

सिन्धुलीमा दुर्घटनामा बालकको मृत्यु

बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।
सिन्धुलीमा दुर्घटनामा बालकको मृत्यु
Hardik ivf

सिन्धुली, जेठ १७ : सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बुधबार, जेठ १७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्