Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, जेठ १७ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू,भागहरुमा आन्शिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

Hardik ivf

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका ‍एक,दुई स्थानमा मेघ,गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू,भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जन चटयाङ सहित हल्का वर्षा हुने सम्भावना रहेको छ। 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, जेठ १७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्