Kathmandu Press

त्रिकोणात्मक सिरिजका लागि ओमानी टिम नेपालमा

काठमाडौं, माघ २० :  विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका ओमानको राष्ट्रिय क्रिकेट टिम नेपाल आइपुगेको छ।

बुधबारबा....

त्रिकोणात्मक सिरिजका लागि ओमानी टिम नेपालमा

काठमाडौं, माघ २० :  विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजका ओमानको राष्ट्रिय क्रिकेट टिम नेपाल आइपुगेको छ।

बुधबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि घरेलु मैदानमै अभ्यास गरेर ओमानी टिम सोमबार नेपाल आइपुगेको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २२ देखि २९ गतेसम्म चल्ने सिरिजमा ओमान, नेपाल र अमेरिका छन्। अमेरिकी टिम भने आइतबार नै नेपाल आइसकेको छ।

सिरिजका लागि अमेरिकाले मुम्बईमा अभ्यास गरेको थियो।  सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप क्रिकेट लिग–२ मा ओमान र अमेरिकाको यो तेस्रो सिरिज हो भने नेपालको पहिलो सिरिज हो। प्रत्येक टिमले आपसमा २–२ खेल खेल्ने छन्। 

लिग–२ मा अमेरिका र ओमानले समान ८ खेल खेलिसकेका छन्। अमेरिका लिग–२ को शीर्ष स्थानमा छ। उसले लिगका ८ मध्ये ६ खेलमा जित निकालेको छ। ८ खेलमा ४ खेल जितेको ओमान चौथो स्थानमा छ। ओमाने राजा सुल्तान काबुस विन साइद अल साइदको निधन भएपछि लिग २ का दुई खेल भने खेलेन।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्न लागेको हो। यसअघि नेपालले युएई र नेदारल्यान्ड्सविरुद्ध उनीहरुकै मैदानमा एकदिवसीय सिरिज खेलेको थियो। 

यस्तो छ सिरिजको तालिका 

माघ २२ : नेपालविरुद्ध ओमान 
माघ २२ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान 
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका
 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, माघ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्