Kathmandu Press

कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

पूर्वमन्त्री तथा पूर्वसांसद समेत रहेकी पाण्डेको मंगलबार निधन भएको हो।
कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

काठमाडौं, जेठ १६ : नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ।

पूर्वमन्त्री तथा पूर्वसांसद समेत रहेकी पाण्डेको मंगलबार निधन भएको हो। उनको घरमै उपचारका क्रममा निधन भएको हो।

उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला मन्त्री पनि बनेकी थिइन्। २०४८ र ५१ मा प्रत्यक्ष निर्वाचित भएकी मीना २०७४ सालमा समानुपातिक तर्फबाट सांसद् बनेकी थिइन्।

रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन्।

२०२५ सालदेखि राजनीतिमा लागेकी मीना पद्मकन्या कलेजको स्ववियु सभापति हुँदै ११ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय समितिमा पुगेकी थिइन्।

उनी नेपाल महिला संघको पहिलो र दोस्रो महाधिवेशनबाट सभापति चुनिएकी थिइन्।

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, जेठ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्