Kathmandu Press

जावलाखेलमाथि ब्रिगेड ब्वाइजको कठिन जित

काठमाडौं, माघ २० :  सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। 

सातदोबाटोस्थित ....

जावलाखेलमाथि ब्रिगेड ब्वाइजको कठिन जित

काठमाडौं, माघ २० :  सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेड ब्वाइज क्लबमाथि १–० को जित निकालेको हो। जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे। सुजितले खेलको ३२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

ब्रिगेड ब्वाइजका गोलरक्षकले राम्रोसँग समाउन नसकेको बलमा सुजितले गोल गरेका थिए। खेलमा बिग्रेड ब्वाइजले बल पोजेसन राम्रो बनाए पनि जावलाखेलको पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेन। उसले ६ सट प्रहार गर्दा कुनै सट फ्रेममा प्रहार गर्न सकेन। यता जावलाखेलले १५ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो। 

यो जितसँगै जावलाखेल लिगको छैठौं स्थानमा उक्लिएको छ। उसले १० खेलमा ४ जित र ३ बराबरी खेल्दै १५ अंक जोडेको छ। ब्रिगेड ब्वाइज भने ८ अंकका साथ ११ औं स्थानमा छ। २३ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ भने २१ अंकका साथ मच्छिन्द्र क्लब दोस्रो स्थानमा छ। 
 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, माघ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्