Kathmandu Press

दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड 

दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड 

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत सामुदायिक विद्यालमा सञ्चालित दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०र०८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशरण महतले उक्त जानकारी दिएका हुन् । उनले  दिवा खाजामा विद्यार्थीलाई जंक फुड दिन नपाइने व्यवस्था गरिएको जानकारी पनि दिए।

स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत अर्थमन्त्री महतले बताए। यस कार्यक्रमबार करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने जनाएको छ।

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्