Kathmandu Press

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड, प्रत्येक प्रदेशमा गोदाम घर, वस्तुमा नगद अनुदान दिन ९० करोड

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड, प्रत्येक प्रदेशमा गोदाम घर, वस्तुमा नगद अनुदान दिन ९० करोड

काठमाडौं, जेठ १५ : सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ।

सोमबार आर्थिक वर्ष २०८०र०८१ को बजेत प्रस्तुत गर्दै उद्योग मन्त्रालयको लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।

आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले प्रत्येक प्रदेशमा लागत साझेदारीमा प्रत्येक प्रदेशमा एकएक वटा गोदाम घर निर्माण सुरु गर्ने निति सरकाले लिएकाे छ। 

अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै खाद्य व्यवस्थाको गोदामघर मर्मतका लागि बजेट छुट्याइएको बताए ।

आगामी वर्ष विभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन गरेको छ। बजेटमार्फत हाल नगद अनुदान दिँदै आएको बस्तुलाई निरन्तरता दिन यस्तो बजेट विनियोजन गरिएको बताएका हुन्। हाल ३६ प्रकारका वस्तुमा नगद अनुदान दिँदै आएको छ ।

अर्थमन्त्री महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै निर्यातमा दिइने नगद अनुदान तीन महिनामा भुक्तानी हुने बताए।

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्