Kathmandu Press

आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

'प्रकृतिप्रदत्त अमूल्य सम्पदाका रूपमा रहेको सगरमाथासँगै हिमालको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्वसमुदायसँग मिलेर काम गर्न दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु।'
आरोहीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
Hardik ivf

काठमाडाैं, जेठ १५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।
     
सोह्राैं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उनले पर्वतारोहणमा प्रविधिको बढ्दो उपयोगका कारण सगरमाथा आरोहण सुरुआती साहसिक पर्यटनका तुलनामा लोकप्रिय हुँदै गएको र विश्वभरिबाट आरोहीको सङ्ख्यासमेत बढ्दै जाँदा सगरमाथामा मानवीय दबाब थपिँदै गएको अनुभव भएको उल्लेख गरेका छन्। 

'प्रकृतिप्रदत्त अमूल्य सम्पदाका रूपमा रहेको सगरमाथासँगै हिमालको स्वच्छता कायम राखी प्रकृति र वातावरण संरक्षणमा विश्वसमुदायसँग मिलेर काम गर्न दिवसले हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु', सन्देशमा भनिएको छ।  

विश्वको तेस्रो मानिने हिमाली क्षेत्रमा आज जलवायु परिवर्तनको प्रत्यक्ष असर देखा परिरहेको छ। विश्वव्यापी तापमान वृद्धिका कारण हिउँ पग्लिनेक्रम बढ्न गई हिमाल ‘काला पत्थर’मा परिणत हुँदै गरेको, हिमताल विस्फोटको जोखिम बढेको, वर्षात्को प्रवृत्तिमा परिवर्तन भई अनावृष्टि, अतिवृष्टिका साथै बाढी र पहिरालगायतका प्राकृतिक विपद्को सामना गर्नु परिरहेको उहाँको सन्देशमा जनाइएको छ।
     
संसारकै सबभन्दा अग्लो शिखर सगरमाथाको पहिलो आरोहण एक ऐतिहासिक घटना भएको र त्यसले नेपाललाई ‘सगरमाथाको देश’का रूपमा विश्वभर ख्याति तथा पहिचान दिलाएको उल्लेख गर्दै उनले त्यसयता पर्वतारोहणमा रुचि राख्ने संसारभरिका साहसी पर्यटकका लागि सगरमाथा सपनाको गन्तव्य बनेको र देशको पर्यटन उद्योगको प्रवर्धन तथा विकासमा उल्लेखनीय योगदान पुगेको बताएकी छन्।  
     
पूर्वराष्ट्रपति भण्डारीले सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङल्हामु शेर्पाको स्मरण गर्दै हालसालै सगरमाथा आरोहण गरी विभिन्न ढङ्गले कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, हरिबहादुर बुढामगरलगायत सम्पूर्ण सगरमाथा आरोहीमा शुभकामना दिएकी छन्।
          
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रथम मानव पाइला टेकिएको ७० वर्ष पुगेको छ। नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मृतिमा विसं २०६४ देखि जेठ १५ ९२९० मे लाई ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’का रूपमा मनाउने परम्परा स्थापित भएको छ।

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्