Kathmandu Press

नेपाल मलेसियासँग ५ विकेटले पराजित

सोमबार भएको खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भयो।
नेपाल मलेसियासँग ५ विकेटले पराजित

काठमाडाैं, जेठ १५ : खराब ब्याटिङ प्रदर्शन गरेपछि टि–२० सिरिजको पहिलो खेलमा नेपाली महिला टिम पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको ५१ रनको झिनो लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि वान जुलियाले १३ र आइना हामिजा हासिमले १२ रनको योगदान दिए।

Hardik ivf

नेपालका लागि कप्तान रुविना क्षेत्रले ४ ओभरमा ७ रन मात्र खर्चेर २ विकेट लिइ भने सीता रानामगरले पनि २ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी थिइन्।

मलेसियाविरुद्धको ५ खेलको टि–२० सरिजिको दोस्रो खेल मे ३० मा हुनेछ।

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्