काठमाडौं पुग्यो अमेरिकी क्रिकेट टोली
काठमाडौं, माघ २० : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न अमेरिकाकाे क्रिकेट टोली काठमाडौं पुगेको छ।
सोमबार अमेरिक....

काठमाडौं, माघ २० : विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखला खेल्न अमेरिकाकाे क्रिकेट टोली काठमाडौं पुगेको छ।
सोमबार अमेरिकाकाे क्रिकेट टोली काठमाडौं पुगेको अमेरिकन क्रिकेट बोर्डले ट्वीट गरेको छ। नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृंखला बुधबार सुरू हुँदै छ। कीर्तिपुरस्थित त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा ६ खेल हुनेछन्।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाले आठ र ओमानले पाँच खेल खेलिसकेका छन्। लिगको अंकतालिकामा अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ भने ओमान आठ अंकसहित तेस्रो स्थानमा छ।
नेपालले भने घरेलु मैदानमा पहिलो खेल खेल्दै छ।
प्रकाशित मिति: १२:१६ बजे, सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











