Kathmandu Press

कोरोना भाइरसका कारण चीन-नेपाल उडान बन्द हुँदै

काठमाडौं, माघ २० : चीनको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बन्द हुने भएको छ।

....

कोरोना भाइरसका कारण चीन-नेपाल उडान बन्द हुँदै
एजेन्सी

काठमाडौं, माघ २० : चीनको विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी बन्द हुने भएको छ।

अष्ट्रेलिया लगायत देशले चिनियाँ हवाइ रुट बन्द गरेसँगै अन्य देशहरु पनि थपिने क्रममा छन्।  चीनबाट दैनिक नेपाल आउने चार वायुसेवा कम्पनीहरुले पनि उडान स्थगित गर्ने भएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल उडान गर्दै आएका चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्।

विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले उडान स्थगित गर्ने सूचना दिएका छन्। 
दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रुअरी ४ देखि २९ सम्म, चाइना इष्टर्नले ६ फेब्रुअरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन्।

सिचुवान र तिब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नगर्न एजेन्सीहरुलाई नोट पठाएका छन्। दैनिक दुई उडान गर्दै आएको चाइना साउदर्नले सोमबारदेखि एक उडान मात्र गर्ने भएको छ। कोरोना भाइरसकै कारण फेब्रुअरी १ देखि हिमालय एयरलाइन्सले चीनका तीन सहरमा उडान स्थगित गरिसकेको छ भने फेब्रुअरी ६ देखि बेइजिङ उडान समेत स्थगनको घोषण गरेको छ। 
 

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, माघ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्