अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीत बास्कोटालाई
नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गरी सोही कार्यक्रममा बास्कोटालाई सम्मान गरिएको हो। साे अवसरमा बास्कोटालाई ५१ हजार १११ भारतीय रुपैयाँ र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरियो।
काठमाडौं, असोज १५ : वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ प्रदान गरिएको छ।
दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिले सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार बास्कोटालाई प्रदान गरेको हो।
नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना गरी सोही कार्यक्रममा बास्कोटालाई सम्मान गरिएको हो। साे अवसरमा बास्कोटालाई ५१ हजार १११ भारतीय रुपैयाँ र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरियो।
सन् १९७१ मा सङ्गीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका बासकोटाले नेपाली सङ्गीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन्। बास्कोटाले ३६४ भन्दा बढी नेपाली चलचित्रमा सङ्गीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा सङ्गीत सिर्जना गरेका छन्।

-1790853075.png)