Kathmandu Press

एमालेमाथि भ्रष्टाचारको तथ्यहीन आरोप लगाएको भन्दै युवासंघकाे विरोध प्रदर्शन

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।
एमालेमाथि भ्रष्टाचारको तथ्यहीन आरोप लगाएको भन्दै युवासंघकाे विरोध प्रदर्शन

काठमाडाैं, जेठ १३ : एमालेमाथि भ्रष्टाचारको तथ्यहीन आरोप लगाउने काम भएको भन्दै एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौं विरोध प्रदर्शन गरेको छ।

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।

Hardik ivf

सत्तारुढ नेताहरुको आधारहिन, भ्रामक तथा आपत्तीजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

उनीहरुले जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ? लडाकु घोटाला छानविन गर, लगाएतका प्लेकार्ड प्रदर्शन गर्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए। 

प्रकाशित मिति: १८:३१ बजे, शनिबार, जेठ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्