Kathmandu Press

म्यानचेस्टर सिटीलाई टोटनह्यामले हरायो 

काठमाडौं, माघ २० : इङ्गलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग पराजय भोगेको छ । म्यानचेस्टर सिटी टो....

म्यानचेस्टर सिटीलाई टोटनह्यामले हरायो 

काठमाडौं, माघ २० : इङ्गलिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले टोटनह्यामसँग पराजय भोगेको छ । म्यानचेस्टर सिटी टोटनह्यामसँग २/० गोल अन्तरले पराजीत भएको हो ।

खेलको ४० औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसक्दा सिटीले अग्रता लिन चुकेको थियो । सर्जियो एग्युरोलाई टोटनह्यामका डिफेन्डर सेर्गी अरिअरले बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा गुन्डोगानको प्रहार गोलरक्षक ह्युगो लोरिसले रोकेका थिए । रिवाउन्ड बल कलेक्ट गर्न लागेका रहिम स्टर्लिङलाई लोरिसले डाइभ गरेर लडाएपछि सिटीले पुन पेनाल्टीको अपिल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले इन्कार गरिदिएको थियो ।

ह्यारी विंक्सलाई फल गरेपछि ओलेक्जान्दर जिनचेन्कोले रातो कार्ड पाएसँगै सिटी ६१औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलमा घरेलु टोलीको प्रभुत्व रहन थाल्यो । ६३ औं मिनेटमै प्रिमियर लिगमा डेब्यु गरेका डच स्ट्राइकर स्टेभन बर्ग्विनले टोटनह्यामलाई अग्रता दिलाए । उनले लुकास माउराको पासमा गोल गरेका हुन् ।

७१ औं मिनेटमा टोटनह्यामले अग्रता दोब्बर बनायो । सन ह्युङ मिनले बक्स बाहिरबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो । २५ खेलबाट लिभरपुलको ७३ र सिटीको ५१ अङ्क छ । जितपछि टोटनह्यामले भने ३ स्थान सुधार गरी पाँचौं स्थानमा पुगेको छ । टोटनह्यामले समान २५ खेलबाट ३७ अङ्क भएको छ ।
 

प्रकाशित मिति: ०७:१९ बजे, सोमबार, माघ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्