Kathmandu Press

हज यात्राका लागि एक हजार ९२ जना छनोट

उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ।
हज यात्राका लागि एक हजार ९२ जना छनोट

काठमाडौं, जेठ १३ : सन् २०२३ को हज यात्राको तयारी अन्तिम चरणमा पुगेको नेपाल हज समितिले जनाएको छ।

हालै नयाँ जिम्मेवारी पाएका समितिका अध्यक्ष मकबुल मिया (शाह)को नेतृत्वमार्फत हज यात्राको व्यवस्थापनको जिम्मेवारी नेपाल हज समितिले लिएको छ।

Hardik ivf

उनका अनुसार सन् २०२३ को हज यात्राका लागि एक हजार ९२ जना छनोटमा परेका छन्। हज यात्री नेपालबाट यही जेठ १६, १७, १८, २०, २१ र २२ गतेको उडानमार्फत त्यसतर्फ जाने समितिले जानकारी गराएको छ।

गृह मन्त्रालय र साउदीको हजा तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको छ।

सन् २०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन गृह मन्त्रालयअन्तरगत रहेको हज समितिले गरिरहेको छ।

साउदी सरकारले आफ्नो ठूलो बजेट हज तथा उमरा मन्त्रालय मातहत रहेर खर्च गरिरहेको छ।

यस वर्ष पनि नेपाल हज समितिले नेपालबाट साउदी अरबस्थित मक्का (पवित्र तीर्थस्थल)मा हज गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीको हज यात्राको समग्र व्यवस्थापन गर्नेछ। समितिले नेपाल हज समिति कार्यविधि–२०७२ अनुसार गर्नेछ।

साउदी अरेबियाको सरकारले हजको व्यवस्थापनमा सरसफाइ, सुरक्षा र खानपिन र पिउने पानीको सुविधा उपलब्ध गराउँछ । सन् २०२२ को हजमा नेपालीलाई विदेशमा खाना, खाजा, बास तथा तीर्थ गराउने कार्यमा उत्कृष्ट व्यवस्थापन गरिएको थियो।

प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, जेठ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्