Kathmandu Press

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताए।
विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने
फाइल तस्बिर।

काठमाडौं, जेठ १३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताएका छन्।

प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताए।

Hardik ivf

‘खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको मुभमेन्टलाई व्यवस्थित बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ।’

मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताए।

‘विदेशमा अवैधानिकरूपमा रहेका, श्रम स्वीकृति नलिएका, श्रम स्वीकृतिको अवधि सकिएका सबै नेपालीलाई एक पटकका लागि सम्बन्धित मुलुकसँग समन्वय गरेर कानूनी वैधता दिने अभियान सञ्चालन गरिनेछ,’ उनले भने।

विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ।”

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, जेठ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्