Kathmandu Press

पाँच सयभन्दा बढीले चढे सगरमाथा

पाँच सयभन्दा बढीले चढे सगरमाथा

काठमाडाैं, जेठ १२ : यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयभन्दा सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन्।

'वसन्त ऋतुको सगरमाथा आरोहणमा ४७८ ले आरोहण अनुमति (एक्सपिडिसन पर्मिट) लिएकामा आजसम्म करिब पाँच सयभन्दा बढीले हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा आरोही तथा शेर्पा गाइड पनि छन्', विभागका महानिर्देशक होमप्रसाद लुइटेलले भने। मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबद्र्धक रुपमा आरोहण भइरहेको विभागले जनाएको छ।

Hardik ivf

यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट शुरु भएको थियो। सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि आरोहणको ढोका खुलेको हो।

सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो। वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कूल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन्। सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो।
    
सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन्। सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो। सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ।

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्