जनकपुरधाम–११ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो।
काठमाडाैं, जेठ १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई रु ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो।
प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)