वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए।
वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

काठमाडाैं, जेठ ११ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे।

प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्