Kathmandu Press

जिपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ का ३७ वर्षीया सीता लम्साल रहेको प्रहरीले जनाएको छ। उनी मावि तुलसीपुर धनौरी शान्तिनगरमा शिक्षिका रहेको प्रहरीको भनाइ छ।
जिपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु

दाङ, जेठ ११ : दाङमा जिपले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ का ३७ वर्षीया सीता लम्साल रहेको प्रहरीले जनाएको छ। उनी मावि तुलसीपुर धनौरी शान्तिनगरमा शिक्षिका रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार बिहीबार बिहान १० बजेतिर दंगीशरण गाउँपालिका ५ कमलगढीमा रा१ज ९२३ नम्बरको जिपले रा७प ४२३७ नम्बरको स्कुटरमा सवार लम्सलालाई ठक्कर दिएको थियो।

जिपको ठक्करबाट गम्भीर घाइते भएकी लम्सालको थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको हो। बिहीबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्