Kathmandu Press

राससमा तस्विर प्रदर्शनी सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गरिन्। 
राससमा तस्विर प्रदर्शनी सुरु

काठमाडाैं, जेठ ११ : राष्ट्रिय समाचार समिति ९रासस०ले गणतन्त्र दिवस २०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गरिन्। 

Hardik ivf

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ। प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्विर समाविष्ट गरिएको छ।

राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्तअमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको छ। 

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्विर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्विर प्रदर्शनी गर्दै आएको छ। मन्त्री शर्माले प्रदर्शनीको अवलोकन गरेकी थिइन् ।

राज्यद्वारा सञ्चालित   राससले आफ्नो समाचार सेवामा सेमत वृद्धि गर्ने क्रममा  साउन १ गतेदखि औपचारिक रुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । 

२०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै  श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलबध गराउँदै आएको छ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्