Kathmandu Press

रूकुममा जिप दुर्घटना, ५ जना गम्भिर घाइते

रूकुममा जिप दुर्घटना, ५ जना गम्भिर घाइते
Hardik ivfHardik ivf

रुकुम पश्चिम, जेठ ११ः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८, दुलीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । १५ जना सवार जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

घाइतेहरुलाई उद्धार गर्ने क्रम जारी छ । गम्भिर घाइते भएकाहरूलाई बाँकेको कोहलपुर लैजान सुर्खेतबाट हेलिकोप्टर मगाइएको छ । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ ।

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, जेठ ११, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्