संघीय संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा पेस
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन्।
काठमाडाैं, जेठ १० : संघीय संसद्को आजको संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन्।
प्रतिनिधिसभाबाट यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित भएको थियो।
नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहनुभएको थियो भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो।
संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो।
प्रकाशित मिति: १७:३० बजे, बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_7b3e8814-1782904983.jpg)


