Kathmandu Press

‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उनीहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने।
‘नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ’

काठमाडाैं, जेठ १० : सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन्।
     
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ उनीहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने।
   
छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको  हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित  गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए।

सांसद शङ्कर भण्डारीले मुलुक अपठ््यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औंंल्याए।

Hardik ivf

सांसद मङ्गलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवद्र्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए। सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरव गर्न लायक रहेको जनाउँदै समर्थन जनाए।

सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरी नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

सांसद सुनीता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए।

सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम शरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्