Kathmandu Press

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन्।
हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते
हुरीले कञ्चनपुरमा सडक छेउमा ढालेकाे रूख । तस्बिरः रासस

कञ्जनपुर, जेठ १० : कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएका छन्।

Hardik ivf

‘बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, ‘गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ।’

गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ।

‘मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण संकलन भइरहेको छ,’ प्रवक्ता डाँगीले भने, ‘कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ।’

प्रकाशित मिति: ११:०६ बजे, बुधबार, जेठ १०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्