Kathmandu Press

पिकनिक खान गएका दुई युवतीको नदीमा डुबेर मृत्यु

पिकनिक खान गएका दुई युवतीको नदीमा डुबेर मृत्यु

बाँके, जेठ १०ः बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा पिकनिक खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरु ६ जनाको समूहमा पिकनिक खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: १०:३० बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्