Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, जेठ १० : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।

Hardik ivf

देशको पहाडी भू भागहरुका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशको पहाडी भूभागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, जेठ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्