Kathmandu Press

पाँचखालमा बनिनसक्दै पुल भाँचियो

छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो।
पाँचखालमा बनिनसक्दै पुल भाँचियो

काभ्रे, जेठ ९ : पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ। निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन्।

छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो।

Hardik ivf

स्थानीयले पुल निर्माणमा ढिलाइ गरी अलपत्र तथा लापर्बाहीका कारण खेतमा बाढी पस्दा हजारौं रोपनी डुबानमा परेको र क्षतिपूर्तिसमेतको माग गर्न थालेका छन्। निर्माण पक्षले बीचबाट चर्किएर भाँचिएको उक्त पुल प्लाष्टरमार्फत टाल्न खोजिएको प्रष्ट देखिन्छ।

चालीस मिटर लम्बाइको उक्त पुल भाँचिएपछि आज स्थलगत निरीक्षण गर्नुभएको नगर नगरप्रमुख महेश खरेलले पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताए।

‘भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाहबमोजिम पुलको पुनःनिर्माण हुनुपर्छ’, उनले भने। उनका  ‘टालटुल’ले पुल यथास्थितिमा राख्न मिल्ने अवस्थामा नरहेको उनले बताए।

समयमै पुल नबन्दा स्थानीयले निकै समस्या भोग्नुपरेको वडा नं. १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले बताए। उनका अनुसार वर्षायाममा नजिकैको आजाद माध्यमिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी तथा त्यस भेगमा उत्पादन भएको तरकारी बजार लैजान समस्या छ।

‘बल्ल बनेको पुलबीच भागमा भाँच्चिएपछि स्थानीय झन चिन्तित बनेका छन्’, दनुवारले भने। दनुवारले बाढीकै खोलामा एकतर्फी पुलको ढलान गरिएको भागले पानीको बहाव त्यहाँ ठोक्किएर बर्सेनि स्थानीयको खेत नै बगाएको बताए।

पुल निर्माण सम्पन्न भएपछि पाँचखालका स्थानीयसँगै तेमाल र चौँरी देउराली गाउँपालिका तथा रामेछापको केही स्थानीय तहमा जान निकै सहजता हुन्छ।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्