Kathmandu Press

नियमावली संशोधन मस्यौदा समितिको बैठक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो। 
नियमावली संशोधन मस्यौदा समितिको बैठक

काठमाडाैं, जेठ ८ : सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो। 
    
बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेकाले बुझेर काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गरे। 

Hardik ivf

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढङ्गले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास व्यक्त गरेका थिए।

केही दिनअघि बसेको राष्ट्रियसभा बैठकले सो समिति गठनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो । सो प्रस्तावलाई प्रतिनिधिसभाले अनुमोदन गरेको थियो।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, जेठ ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्