Kathmandu Press

झापाको बिर्तामाेड हटिया खाली गराउन चलाइयाे डोजर

तीनवटा डोजरले एकैपटक पूर्वी भागबाट डोजर चलाउन थालेपछि व्यापारीहरूको भागाभाग भएको छ।
झापाको बिर्तामाेड हटिया खाली गराउन चलाइयाे डोजर

झापा, जेठ ८ : झापाको बिर्तामाेड नगरपालिका ५ स्थित बुधबारे हटिया खाली गराउन डोजर चलाइएको छ। आज (सोमबार) अपराह्न साढे १२ बजेदेखि नगरपालिकाले डोजर चलाउन थालेको हो।

तीनवटा डोजरले एकैपटक पूर्वी भागबाट डोजर चलाउन थालेपछि व्यापारीहरूको भागाभाग भएको छ। नगरपालिकाले व्यापारीहरूलाई पटकपटक सूचना जारी गरेर हटियाको ठाउँ खाली गरिदिन आग्रह गरेको थियो। व्यापारीहरूले सूचनाको उल्लंघन गरेपछि नगरपालिकाले डोजर चलाउन थालेको हो।

Hardik ivf

उक्त ठाउँमा नगर विकास कोषको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्वाण गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

कोषले नगरपालिकालाई पत्राचार गरेर ९० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। राजनीतिक दलहरूको सहमतिमा नगरपालिकाले पार्किङसहितको भवन बनाउने तयारी गरेको हो।  

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्