Kathmandu Press

गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिन्छ : मन्त्री जोशी

मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिन्छ : मन्त्री जोशी

काठमाडाैं, जेठ ८ : वाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन्। 

मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधैँ चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए।

मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रहसमेत गरे।

स्वास्थ्यमन्त्री जोशीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का तथा विभिन्न शाखाका कर्मचारीले स्वागत गर्नुभएको थियो।

प्रकाशित मिति: १४:१५ बजे, सोमबार, जेठ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्