चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित
विभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै भन्दै काठमाडौंको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
काठमाडाैं, जेठ ७ : सामाजिक सञ्जालमार्फत आफूहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन्।
विभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै भन्दै काठमाडौंको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले कसैको चरित्र हत्या गर्न पाइँदैन, नर्सहरुमाथिको दमन आखिर कहिलेसम्म, के नर्सहरुमाथि अत्याचार गर्न पाइन्छ नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
त्यस्तै प्रदर्शनमा सहभागीहरुले सामाजिक सञ्जालमा नर्सहरुको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन्।
उनीहरुले केही व्यक्ति गलत हुनसक्ने भएपनि समग्र नर्सिङ पेसा गलत नभएको जनाएका छन्।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार