Kathmandu Press

चोरी भएको स्कुटर केही बेरमै ट्राफिकले नियन्त्रणमा

हेलमेट नलगाई स्कुटर चलाएको पाइएपछि ट्राफिक प्रहरीले बनेपामा ती व्यक्तिलाई रोकेको थियो । ट्राफिकले रोकेपछि स्कुटर चोर्ने व्यक्ति स्कुटर बाटैमा छाडेर भागेका थिए।
चोरी भएको स्कुटर केही बेरमै ट्राफिकले नियन्त्रणमा

काभ्रे, जेठ ७ : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले स्कुटर चोरी भएको केही क्षणमै नियन्त्रणमा लिएको छ। बरामद स्कुटर धनीलाई हस्तान्तरण गरिएको छ।

आइतबार दिउँसो  बा ३७ प ८५६० नम्बरको स्कुटर धुलिखेलको मिराबेल चोकबाट स्कुटर हराएको थियो। स्कुटर चोर्ने व्यक्ति हेलमेटसमेत नलगाई स्कुटर लिएर भागेका थिए।

हेलमेट नलगाई स्कुटर चलाएको पाइएपछि ट्राफिक प्रहरीले बनेपामा ती व्यक्तिलाई रोकेको थियो । ट्राफिकले रोकेपछि स्कुटर चोर्ने व्यक्ति स्कुटर बाटैमा छाडेर भागेका थिए।

ट्राफिकले उक्त स्कुटरलाई आफ्नो कार्यालयमा लगेर राखेकोमा उक्त स्कुटर धनी मण्डनदेउपुर नगरपालिका ९ की जानकी बानियाँको भएको पुष्टि भएसँगै बाँनियालाई हस्तान्तरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी निरिक्षक सुरेश थापाले जानकारी दिए।

स्कुटर चोर्ने व्यक्तिको खोजी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्