Kathmandu Press

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहेका छन्।
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी
Hardik ivf

काठमाडाैं, जेठ ७ : राष्ट्रियसभामा सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ।
     
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

बैठकमा सञ्चारमन्त्री शर्माले ‘राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल अघि बढेको हो।
     
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएसँगै विभिन्न राजनीतिक दलका सांसदले आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, जेठ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्