Kathmandu Press

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

जेठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, जेठ ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक काठमाडौंमा बस्ने भएको छ। पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आइतबार दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ।

जेठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ११:४० बजे, आइतबार, जेठ ७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्