Kathmandu Press

पत्रकारद्वय वाग्ले र बस्नेत तनहुँमा सम्मानित

वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरियो भने यस्तै, बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
पत्रकारद्वय वाग्ले र बस्नेत तनहुँमा सम्मानित

तनहुँ, जेठ ६ : पत्रकारद्वय कुलचन्द्र वाग्ले र सूर्यचन्द्र बस्नेत गृह जिल्ला तनहुँमा सम्मानित भएका छन्। राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेतलाई नेपाल प्रेस युनियन तनहुँ शाखाले सम्मान गरेको हो।

वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरियो भने यस्तै, बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि पनि १० हजार रुपैयाँ थियो।

Hardik ivf

यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ। पुरस्कारको राशि रु १० हजार रहेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । अधिवेशनले युनियनको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अमरराज नहर्कीले जानकारी दिए।

प्रकाशित मिति: १९:५१ बजे, शनिबार, जेठ ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्