Kathmandu Press

सुरक्षित मातृत्वमा उल्लेख्य सुधार आए पनि सरकारी लक्ष्य हासिल हुन बाँकी : डा. आरजु राणा देउवा

उनले सन् २०३० सम्म मातृमृत्युदर प्रतिलाख ७० मा झार्ने र त्यसका लागि १० हजार ५९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रमहरु पर्याप्त नभएको बताइन्। उनले सरकारलाई मिडवाइफ शिक्षा अझ प्रभावकारी बनाउन ध्यानाकर्षण पनि गराइन्।
सुरक्षित मातृत्वमा उल्लेख्य सुधार आए पनि सरकारी लक्ष्य हासिल हुन बाँकी : डा. आरजु राणा देउवा

काठमाडाैं, जेठ ६ : नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले देशको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य मात्रामा सुधार भए सरकारले तय गरेका लक्ष्य हासिल गर्न अझ विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने मा जोड दिनुपर्ने आवश्यकता औंल्याएकी छन्।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्षसमेत रहेकी उनले महासंघको १२औं केन्द्रीय साधारणसभालाई सम्बोधन गर्ने क्रममा त्यस्तो बताएकी हुन्। उनकै अध्यक्षतामा शुक्रबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको छ।

उनले सन् २०३० सम्म मातृमृत्युदर प्रतिलाख ७० मा झार्ने र त्यसका लागि १० हजार ५९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रमहरु पर्याप्त नभएको बताइन्। उनले सरकारलाई मिडवाइफ शिक्षा अझ प्रभावकारी बनाउन ध्यानाकर्षण पनि गराइन्।

Hardik ivf

‘नीति र कार्यक्रमहरु भएर पनि महिलाहरु अझ पनि सम्मानजनक सेवाको पहुँचमा पुग्न नसकिरहेको हालको अवस्था सुधारका लागि स्थानीय स्तरबाट नै सचेतनामूलक कार्यक्रमहरु गर्न समन्वय र पैरवी गर्न महासंघका प्रदेश र जिल्लाबाट आएको प्रतिनिधिहरु लगायत सबैलाई आह्वान गर्दछ,’ उनले भनिन्।

साधारणसभामा हाल अधावधिक रहेकामध्ये महासंघका ३१ जिल्लाका ८० जना प्रतिनिधिको सहभागिता थियो। राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. आरपी विच्छाको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका महासचिव रवीन्द्र बहादुर प्रधानले महासंघको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष सुनिल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

कार्यक्रममा महासंघका उपाध्यक्ष विष्णुराज नेपालले स्वागत मन्तव्य राखेका थिए। महासंघले सञ्चालन गरेको कार्यक्रमहरुको जानकारी गराउने क्रममा महासंघका मधेश प्रदेश अध्यक्ष कमलेशकुमार मण्डलले मधेशमा संचालित कार्यक्रमहरुको जानकारी गराए।

यसैगरी गंगालक्ष्मी अवाल, ओमकला गौतमा, कविता इटनी, भावना शाहीलगायतले महासंघका विगतमा भएका कार्यक्रमहरुको समीक्षा र आगामी कार्यक्रमका रणनीतिहरूबारे मन्तव्य राखे।

साधारणसभामा समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे। राष्ट्रिय योजना आयोगका सदस्य विच्छाले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले देशको मातृ मृत्युदर न्यूनीकरणमा विशेष योगदान पुराएको भन्दै महासंघका कार्यहरुको प्रशंसा गरे।

संस्थाको परिचय

सुरक्षित मातृत्व संजाल महासंघ नेपाल, मातृ मृत्यु तथा नवशिशुको स्वास्थ्य सम्बन्धि समस्याको सम्बोधन गर्न २०५३ (सन्१९९६) मा २६ जना समाजसेवीहरुको निःस्वार्थ पहलमा स्थापना भएको एक गैरनाफामूलक गैरसरकारी संस्था हो। २०६१ (सन् २००५) चैत १५ गते यस संस्था काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो। 

महासंघले नेपाल सरकारको नीति तथा कार्यक्रम र निर्देशिका अनुसार सुरक्षित मातृत्व तथा नवशिशुको स्वास्थ्यको लागि राष्ट्रिय तथा समुदाय स्तरसम्म विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। मूलतः यस महासंघले आफ्नो स्थापनाकालदेखि नै विभिन्न व्यक्ति, सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ–संस्थाहरुसँग सञ्जाल स्थापना गरी सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्यको लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो भने हाल महासंघ भएपश्चात् स्थानीय गैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरी महासंघको सम्बन्धित उद्देश्य हासिल गर्नको लागि कार्य गर्दै आएको छ।

जनचेतना जगाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बृद्घि गरी महिलाहरुको प्रजनन्स्वास्थ्यको अवस्था सुधार गर्न यस महासंघ प्रतिबद्घ छ। महासंघ अन्तर्राष्ट्रिय स्तरमा ह्वाइत रिबन अलायन्स (डब्लुआरए) को नेपाल प्रतिनिधि सदस्य पनि हो।

नेपाल राष्ट्र र सुरक्षित मातृत्वको महत्व बुझ्ने हामी हरेक नेपालीहरुका लागि यो गौरवको विषय हो। विश्वका १४ देशहरु यस अलायन्सका सदस्य छन्। उक्त अलायन्सले सुरक्षित मातृत्व संजाल महासंघ नेपाललाई मदर अफ डब्लुआरए संज्ञाले पुरस्कृत पनि गरेको छ।

त्यसैगरी यस महासंघले नेपालमा सुरक्षित मातृत्व सम्बन्धी ४ वटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिसकेको छ। बकालत र जनचेतना सँगै विपतका बेला हरुमा सुत्करी र गर्भवती महिला तथा बालबालिका लक्षित स्वास्थ्य शिबिर संचालन र अत्यावश्यक विभिन्न सामग्री वितरण गर्दै आएको छ। 

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, जेठ ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्