विदेशमा रहेका नेपालीले आवधिक निर्वाचनमा मतदान गर्न पाउने
गामी पाँच वर्षमा कारबासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ । यस्तै नागरिकतासम्बन्धी समस्या अविलम्व समाधान गर्ने भनिएको छ।
काठमाडौं, जेठ ५ : सरकारले संसदमा प्रश्तुत गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने बताइएको छ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो। आतंकवाद तथा संगठित अपराध मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसार कारोबार लगायत सबै प्रकारकाक अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने पनि कार्यक्रममा उल्लेख छ।
यसैगरी आगामी पाँच वर्षमा कारबासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ । यस्तै नागरिकतासम्बन्धी समस्या अविलम्व समाधान गर्ने भनिएको छ।
प्रकाशित मिति: १८:१३ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












