Kathmandu Press

पुरातात्विक तिलौराकोट र रामजानकी मन्दिर विश्व सम्पदा सूचीमा राखिने 

कपिलवस्तुको तिलौराकोट र जनकपुरको राम जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने नीति कार्यक्रममा उल्लेख छ। यस्तै दोधारा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र सम्पन्न गरिने भएको छ।
पुरातात्विक तिलौराकोट र रामजानकी मन्दिर विश्व सम्पदा सूचीमा राखिने 
Hardik ivf

काठमाडौं, जेठ ५ : राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममार्फत तिलौराकोट र राम जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने घोषणा गरेका छन्। 

कपिलवस्तुको तिलौराकोट र जनकपुरको राम जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरिने नीति कार्यक्रममा उल्लेख छ। यस्तै दोधारा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र सम्पन्न गरिने भएको छ।

व्यापारिक कारोवारमा सिण्डीकेट र कार्टेलिङ अन्त्य गरी उपभोक्ता ठगिने वातावरणको अन्त्य गरिने घोषणा समेत गरिएको छ। विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 
 
प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्