Kathmandu Press

अनावश्यक संघसंस्था र समिति खारेज हुने 

नीति तथा कार्यक्रममा अध्ययनको आधारमा बन्द वा रुग्ण भएका सार्वजनिक संस्थाहरुको पुनःसंरचना, पुनर्स्थापना, पुनरुत्थान गरिनेछ।
अनावश्यक संघसंस्था र समिति खारेज हुने 

काठमाडौं, जेठ ५ : सरकारको नीति तथाच कार्यक्रममा अनावश्यक संघ संस्था, समिति, कार्यालयहरु खारेजी गर्ने घोषणा भएको छ।

नीति तथा कार्यक्रममा अध्ययनको आधारमा बन्द वा रुग्ण भएका सार्वजनिक संस्थाहरुको पुनःसंरचना, पुनर्स्थापना, पुनरुत्थान गरिनेछ।

Hardik ivf

काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गाभिने वा खारेज गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

खारेज भएका वा गाभिएका संस्थाहरुको जनशक्ति र सम्पत्ति व्यवस्थापन गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ। 

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्