Kathmandu Press

राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो। 
राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत

काठमाडाैं, जेठ ५ : राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ।

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो। 

Hardik ivf

विधेयक फिर्ता
    
सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसद्बाट फिर्ता लिएको छ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गर्नुभएको थियो। सो प्रस्तावसभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो। 

शोक प्रस्ताव पारित

राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए।

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो। लामो समयदेखि बिरामी उहाँको ७८ वर्षको उमेरमा आफ्नै निवासमा सिफलमा निधन भएको थियो। राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, जेठ ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्