Kathmandu Press

बेथानचोकमा लोकसेवाको निःशुल्क कक्षा

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।
बेथानचोकमा लोकसेवाको निःशुल्क कक्षा

काभ्रे, जेठ ५ : बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ। सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाएका छन्।

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। कक्षा उद्घाटन गर्दै अध्यक्ष अधिकारीले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गरे।

Hardik ivf

 ‘म सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखाअधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको छु । तपाईंहरू लोकसेवाको तयारी गर्नुहोस्,’ अध्यक्ष अधिकारीले भने।

उनले शिक्षित युवा जनशक्ति विदेश पलायन हुनुभन्दा पनि सरकारी सेवामा आकर्षित भएर स्वदेशमै सेवा गर्न प्रेरित हुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रमको अवधारणा अगाडि सारिएको बर्ताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गत वर्षदेखि नै यो अभियान थालिएको जानकारी दिँदै युवाहरूका लागि प्रभावकारी देखिएकाले आगामी वर्षमा पनि यस कार्यक्रमले निरन्तरता दिइएको र विद्यार्थीहरूलाई लोकसेवा आयोगका कक्षा लिन आफूहरूले सक्दो सहयोग गर्ने बताए।

कक्षा आइक्यु र जिके गरी २ सेसनमा सञ्चालन गर्ने र मुलुकका ख्यातिप्राप्त प्रशिक्षकबाट कक्षा सञ्चालन गरिएको हुँदा यसले प्रभावकारिता पाउने विश्वास गाउँपालिकाको छ।

कार्यक्रममा चैतन्य एकेडेमीका निर्देशक गणेश जोशीले लोकसेवाको तयारी कक्षा लिने विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गरिने भन्दै आफूहरुले यहाँका विद्यार्थीहरूलाई पूर्ण रूपमा सहयोग गर्ने बताए।

उनले अनलाइनमै नियमित नोट तथा अतिरिक्त सामग्रीहरू उपलब्ध गराउने भन्दै गाउँपालिकाले बोकेको लक्ष्यलाई लोक सेवामा सफल भइ सार्थक तुल्याउन आग्रह गरे। उनले कडा मिहिनेतपछि मात्र सरकारी सेवामा प्रवेश गर्न सहज हुने भन्दै औसत भन्दा अतिरिक्त ज्ञान लिन आवश्यक रहेको बताए।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, जेठ ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्