Kathmandu Press

‘डाकिनी’ र ‘ए साथी सुन’ हलमा

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे)ले निर्देशन गरेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ।
‘डाकिनी’ र ‘ए साथी सुन’ हलमा

काठमाडाैं, जेठ ४ : शुक्रबारबाट दुई नेपाली फिल्म  ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन्। फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माताको छ।

रामराघव आचार्यले निर्देशन गरेको  ‘ए साथी सुन’ प्रेमकथामा आधारित छ। ‘यसलाई हामीले नेपाली दर्शक सुहाउँदो शैलीमा तयार गरेका छौं। प्रेमकथासँगै सामाजिक कथालाई समेटेका छौं,’ निर्देशक आचार्यले भने।

Hardik ivf

भारतमा अभिनय र निर्देशन सिकेका उनको डब्यू फिलम हो। फिल्मलाई टायम कट्टेल र बीना कार्कीले निर्माण गरेका हुन्। निर्माता कट्टेलले चलचित्रले समाजको यथार्थलाई प्रस्तुत गरेको बताउए।

फिल्ममा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

विश्वभर अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्ट्याच’ बाट प्रदर्शन भएको फिल्म ‘डाकिनी’ आजैबाट प्रदर्शनमा आएको छ। बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ९डाकिनी०का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । चलचित्रले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउने छ।

बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे)ले निर्देशन गरेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ। छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ। फिल्म सीमित हलमा मात्र प्रदर्शन भइरहेको छ।

‘विश्वविख्यात प्राविधिकको सहभागितामा निर्माण भएको चलचित्रलाई नेपाली दर्शकसम्म पुर्‍याउने उद्देश्यले सीमित समयका लागि मात्रै प्रदर्शन गर्नेछौं । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौं,’ निर्माता बानियाँले भने।

विश्वभर महोत्सवमा देखाइएको र रुचाइएको नेपाली कथा नेपाली दर्शकलाई कस्तो लाग्छ भन्ने जान्नका लागि सीमित समयका लागि मात्रै प्रदर्शन गरिएको उनको भनाइ थियो । ‘कला सप्ताह’को रूपमा चलचित्र प्रदर्शन, मास्टरक्लास, नाटक मञ्चनलगायत गतिविधि समेत गर्न लागिएको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्