सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी सुरु
बिहीबार माघ २२ गतेबाट सामाजिक रूपान्तरण: ललितकलाको अभियान भन्ने मूलभावमा रही उक्त प्रदर्शनी सुरु भएको हो। नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २६ गतेसम्म चल्नेछ।
काठमाडौं, माघ २३ : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुर र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ।
बिहीबार माघ २२ गतेबाट सामाजिक रूपान्तरण: ललितकलाको अभियान भन्ने मूलभावमा रही उक्त प्रदर्शनी सुरु भएको हो। नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २६ गतेसम्म चल्नेछ।
प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकबहादुर विष्टले उद्घाटन गरेका थिए।
प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृतिहरु राखिएको छ।
प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, माघ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार